कास्कीगण्डकीसमाचार

पोखरामा लागूऔषधसहित ३ युवक पक्राउ

पोखरा, ११ जेठ । कास्की प्रहरीले लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा भिरकोट स्थायी घर भई पोखरा -१० बुद्ध चोक बस्ने वर्ष ३२ को अनिल खत्री, स्याङ्जाको वालिङ -८ स्थायी घर भई पोखरा -८ सृजनाचोक बस्ने वर्ष २७ को सुवास काफ्ले र पोखरा -१० अम्मरसिंह चोक बस्ने वर्ष ३२ को सुदिप गुरुङ रहेका छन् ।

बुधबार साँझ ५:३० बजेको समयमा पोखरा महानगरपालिका -१० बुद्ध चोकबाट ८३ एम्पुल लागूऔषधसहित उनीहरू पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

डिएसपी विकका अनुसार प्रहरीले उनीहरूको साथबाट डाइजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल फेला पारेको हो ।

उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्दामा १० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button