कास्कीगण्डकीसमाचार

पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण इकाईको पोखरा १७ मा रक्तदान

पोखरा ,जेठ १३ । पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण क्षेत्र एकाइले शनिबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका वडा न १७ मा आयोजित कार्यक्रममा ४३ युनिट रगत संकलन भएको अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पोखरा महानगर वडा न १७ का वडा अध्यक्ष राधिका शाही योगी ,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल ,चेम्बर कास्कीका सल्लाहकार योगेन्द्र केसी, चेम्बर दक्षिण एकाइका निवर्तमान अध्यक्ष नगेन्द्र शर्मा भण्डारी र महिला चेम्बरका अध्यक्ष सीमा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button