कास्कीगण्डकीसमाचार

नेपाल प्रेस युनियन कास्कीको पदस्थापन

पोखरा, १४ जेठ । नेपाल प्रेस युनियन कास्कीको १० औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको आज (आइतबार) पदस्थापन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दीपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको १० औँ जिल्ला अधिवेशनले वासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । प्रेस युनियन १० औँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सह–सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक निर्वाचित भएका थिए ।

लोकतन्त्रको महत्त्वपूर्ण अङ्ग मिडिया: मन्त्री थापामगर

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्त्वपूर्ण अङ्ग भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीको १० औँ जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीको पदस्थापनपछि मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपाङ्ग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्त्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भने, ‘मिडियाले अधिकारीको लागि, यथार्थ वस्तु स्थितिको बारेमा सत्य तथ्यको बारेमा मिडियाले जानकारी दिन्छ ।’

उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । निष्पक्ष पत्रकारिताको लागि सबै भन्दा पहिले पत्रकार स्वावलम्बी बन्नुपर्नेमा मन्त्री थापामगरले जोड दिए ।
उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरूले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने समेत आग्रह गरे ।

नेपाल प्रेस युनियन कास्कीको पदस्थापन कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष द्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकार द्वय तारा पाखे र डा। बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आलेले शुभकामना मन्तव्य राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button