पोखरा, २३ जेठ । पोखरा -११ फूलबारी निवासी ४२ वर्षीय रिखीराम शर्मा पौडेल मृत फेला परेका छन् ।
पोखरा महानगरपालिका १४ को नवीन टोलस्थित नहरमा उनि गएराति मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
मानिस मृत भेटिएको भन्ने स्थानीयको सूचना आधारमा खटिएको प्रहरी टोलीले ०८:५२ बजेको समयमा घटनास्थलमा पुगेर अनुसन्धान गर्दा पौडेलको शव भएको खुलेको कास्की प्रहरी प्रवक्ता, डीएसपी श्रवण कुमार विकले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र मृत्युको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।