समाचार

आजको मौसम : गर्मी कायम रहने, थोरै स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा  रहेको छ । आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राती कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाइएको छ । मनसुनी प्रणाली सक्रिय नहुँदा देशभर अत्यधिक गर्मी बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button