समाचार

आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने, चर्को गर्मी देखि राहतको अपेक्षा

जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ । कोशी, र बागमती प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी कोशी  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा प्रवेश गरेकाले छिटै वर्षा गराउने प्रणालीहरु सक्रिय हुने जनाइएको छ । यससँगै देशभर बढेको अत्यधिक गर्मीबाट सर्वसाधारणले राहत पाउने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button