गण्डकीसमाचार

पोखरामा वनरक्षकको परीक्षामा अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर गएपछि…

पोखरामा भएको वनरक्षकको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुकै नाममा परीक्षा दिन जाने दुईजना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-१५ फुलवारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसर भित्र संचालन भई रहेको लोक सेवा आयोगको वन रक्षक पदको शारीरिक तन्दुरुस्ती (शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) परीक्षामा अरुकै नाममा परीक्षा दिने जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ९ वयलकाटीया घर भएका वर्ष १८ को बालक र जिल्ला जुम्ला सिन्जा गाउपालिका वडा नं.३ लुम घर भएका २५ वर्षीय पदम बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सक्कली परीक्षार्थीहरूको सक्कल नागरिकतामा आ-आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको थियो । पक्राउ परेका दुई जनालाई  कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button