अब ६६ पृष्ठको राहदानी पनि पाँच हजारमै बन्ने भएको छ ।
राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने गरि व्यवस्था गरेको हो । विभागले शुक्रबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइसकेको जनाएको छ ।
आक्कलझुक्कल विदेश जाने र नियमित विदेश गइरहने गरि दुई किसिममा बाँडेर यसअघि ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको ५ हजार र ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँ दस्तुर लिइँदै आएको थियो । अब फ्रीक्वेन्ट फ्ल्यायर पनि ५ हजार मै ६६ पृष्ठको राहदानी पाउने भएका हुन् ।