लमजुङ केन्द्रविन्दु बनाएर शुक्रबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान करिब ५:५५ बजे लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन । पछिल्लो समय नेपालको मध्य र पश्चिमी पहाडी क्षेत्रमा लगातार भूकम्प गइरहेका छन् ।