समाचार

आजको मौसम : देशभर सामान्यदेखि पूर्णतया बदली रहने, विभिन्न स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य देखि पूर्णतया बदली रहने जनाएको छ । आज वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरु प्रभावित हुन सक्नेछ ।

विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

विभागको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने केही स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको ।

विभागका अनुसार आज राति देशका धेरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको पनि विभागले जनाएको छ ।

यसैगरी देशका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी, बाग्मती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघ-गर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button