त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागत गर्न तीन जना मात्रै जान पाइने भएको छ ।
विमानस्थल सुरक्षा समितिले आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेको भन्दै अब एक जना यात्रुको स्वागत वा बिदाईमा तीन जना भन्दा बढी जान नपाइने नियम ल्याएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका तीन सहित ३० एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।
विमानस्थल परिसरमा भीडभाड अत्यधिक बढेपछि ट्राफिक व्यवस्थापनसमेत समस्या हुने गरेको छ । सम्भावित हवाई सुरक्षा जोखिमलाईसमेत ख्याल गर्दै नयाँ नियम ल्याइएको विमानस्थल स्रोतले जनाएको छ ।