समाचार

आजको मौसम : देशभर हल्कादेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार हाल बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाकिँ प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ भने कोशी, मधेश र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button