गण्डकीसमाचार

यातायात व्यवस्था कार्यालय कास्कीमा अब अनलाइन दस्तुर तिर्न सकिने

यातायात व्यवस्था कार्यालय कास्कीमा अब अनलाइन दस्तुर तिर्न सकिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थपलगायत कार्यका लागि कार्यालय धाउनु नपर्ने गरि सेवा सञ्चालनमा ल्याउन लागेको हो । केन्द्रका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गण्डकीका मन्त्री रेशमबहादुर जुग्जालीले संयुक्तरुपमा अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरेका हुन् ।

गण्डकी प्रदेशबाट शुरु भएको यो अभियान केही हप्ताभित्र अन्य प्रदेशमा पनि सुरु हुने यातायातमन्त्री प्रकाश ज्वालाले बताए । मन्त्री जुग्जालीले ट्रायल परीक्षामा पास भएकाहरुले ईसेवा, खल्तीजस्ता वालेटमार्फत् अनलाइन राजस्व भुक्तानी गर्न सकिने जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button