समाचार

बैंकको कर्मचारी हुँ भन्दै १२ लाख ठग्ने एक युवक पक्राउ

विभिन्न बैकको कर्मचारी हुँ भनी अनलाईन मार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ धनपालथान गाउँपालिका वडा नं. १ घर भएका २१ वर्षीय महमद मोजाहीद मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँले पीडितहरुलाई ९७६२२२५५४२ र ९७६२५१२८४१ गरि दुई मोबाइल नम्बरबाट फोन सम्पर्क गरी विभिन्न बैकको आधिकारीक कर्मचारी हुँ भन्ने गरेका थिए ।

पीडितको विश्वास जितेपछि बैक खातासँग वालेट आईडी लिङ्क गर्ने, खाता नवीकरण गर्ने, केवाईसी अपडेट गर्ने,  स्टेटमेन्ट भेरिफाई गर्ने जस्ता काम गरिदिने भन्ने गरेका थिए । उनले राम्रो बोनस पाइने, ट्रान्सफर चार्ज नलाग्ने जस्ता बहाना गरेर पनि पीडितहरुको बैंक खाता लगायत ओटिपी कोडसमेत मागेर खातामा पहुँच पुर्‍याउने गरेका थिए ।

खातामा पहुँच बनाएर मियाँले अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम रकमान्तर गरी जम्मा ११ लाख १२ हजार ८ सय ४० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button