गण्डकीदेश/समाजप्रदेशसमाचार

महानिर्देशक अधिकारीको व्यवसायिक योग्यताबारे सुनुवाई हुँदै

पोखरा ।  क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण)  महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्बोच्च अदालतसँग परेको निवेदनमाथि आज सुनुवाई हुँदैछ ।

महानिर्देशक पदमा कार्यरत अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यवसायिक योग्यता जाँच गरिपाउँ भनेर दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ  गरिएपछि त्यसविरुध्द परेको निवेदनमाथि आज सुनुवाई हुने भएको हो  ।

सार्वजनिक चासोको बिषय देशको हवाई सुरक्षा सम्बन्धमा ठोस निर्णय अत्यावश्यक भएकोमा सर्बोच्चमा पुगेको निवेदन दरपीठ गरेर रजिष्ट्रारले हलुका रुपमा लिएको भन्दै दरपीठ गरिएको विरुध्द अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमाथि सुनुवाईको तयारी छ ।

पछिल्ला दिनहरुमा बढ्दो हवाई दुर्घटनाले सर्वत्र त्राश फैलाईरहेको अवस्थामा यसको मूल कारण नियमनकारी र व्यवस्थापन गर्ने निकायको नेतृत्वमै त्रुटी भएकाले हो भनेर सार्वजनिक बहस भैरहेका बेला अधिवक्ता भट्टराई रिट दर्ता गराउन सर्बोच्च अदालत गएका थिए । तर सर्बोच्च प्रशासनले बिषयको गाम्भीर्यलाई वेवास्ता गर्दै दरपीठ गरिदियो । त्यसपछि उनी दरपीठ विरुध्द रिट लिएर गएपछि आज त्यसको सुनुवाई हुने भएको छ ।  सर्बोच्च प्रशासनले यो मूल र सार्वजनिक चासोको पक्षलाई वास्तै नगरी निवेदन दरपीठ गरिदिएपछि त्यसविरुध्द रिट गर्नुपरेको अधिवक्ता भट्टराईले बताए ।

रिट मार्फत गएको साउन १८ गते बसेको उच्चस्तरीय सुरक्षा समन्वय समितिको छैटौं बैठकले गरेका निर्णय र महानिर्देशक प्रदीप अधिकारीले साउन २१ गते आफ्नो तहमा गरेका सबै निर्णय कार्यान्वयन नगराउनु भनी आदेशको माग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button