समाचार

वियाेगीकाे `फेवामा तैरिएकाे सिन्दूर´ लाेकार्पित

पाेखरा ।  छन्दनायक माधव वियाेगीद्वारा रचित फेवामा तैरिएकाे सिन्दूर नामक कवितात्मक कथासङ्ग्रहकाे शनिबार पाेखरामा आयाेजित एक कार्यक्रमबीच लाेकार्पण भयाे ।

कविवर मुकुन्दशरण उपाध्यायले साे कृतिकाे लाेकार्पण गर्दै छन्द बचाऊँ अभियान संचालन गरी छन्दकाे पुनर्जागृतिमा विशिष्ट भूमिका खेल्ने श्री वियाेगीले छन्दलाई कथा लेखनमा समेत प्रयाेग गरेर महत्वपूर्ण कार्य गरेकाे बताए । साे अवसरमा संस्कृतिविद् डा. कुसुमाकर न्याैपानेले ढुङ्गाढुङ्गा र पातपातमा छन्द बचाऊँ लेख्दै र प्रशिक्षण दिदैं सफलताकाे शिखरमा चढेका वियाेगी लेखनमा नयाँ प्रयाेग गर्न खप्पिस रहेकाे बताए ।

उक्त कृतिकाे समीक्षा प्रस्तुत गर्दै डा. जगन्नाथ रेग्मीले फेवामा तैरिएकाे सिन्दूर नेपाली साहित्यमा कवितात्मक शैलीमा लेखिएकाे नयाँ प्रथम कथासंग्रह भएकाे दाबी गर्दै संग्रहका सबै कथाले सामाजिक विषय उठान गर्दै आदर्श समाज निर्माणमा जाेड दिएकाे जनाए ।

माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा अायाेजित साे कार्यक्रममा कृतिका स्रष्टा छन्दनायक वियाेगीले छन्दकाे व्यापकताका लागि अाफूले कवितामा कथा लेखेकाे बताए । याे उनकाे ३६ अाैं कृति हाे । संग्रहभित्रकाे जीवनकाे अात्महत्या शीर्षककाे कथालाई पृष्ठ विभाजन गरी जिज्ञाशु सापकाेटा, शुभ शर्मा,अार्या त्रिपाठी,अव्यग्र अस्मित,तारानाथ पराजुली र गायत्री पराजुलीले वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष नवराज बरालकाे सभापतित्वमा भएकाे साे कार्यक्रमा उपाध्यक्ष छन्दमणि त्रिपाठीले गरेका थिए भने संचालन सचिव शिव त्रिपाठीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button