मनोरञ्जनसमाचार

पुष्पा खड्का क्षेत्रीको तीज गीत “भनम कसलाई खोइ ” बजारमा

पोखरा । तीज आम नेपाली महिलाको सांस्कृतिक पर्व हो ।पर्व संस्कृती लोप भएर छाडा संस्कृती मौलाएर समाजलाई नै विकृत बनाइरहेको बेलामा पुष्पा खड्का क्षेत्रीले मौलिक तीज गीत “भनम कसलाइ खोइ “बजारमा ल्याएकी छिन ।

उनको गीत नेपाली सांगीतिक बजारमा निकै लोकप्रिय बन्दै गएको छ। उनको पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको बेला बिशुद्द तीज गीत बजारमा आएपछी बादलको घेरामा चाँदीको रेखाको सकेत मिलेको भन्दै खुसी ब्यक्त भएको छ ।

गीतकार रोशन क्षत्रीको तीज बिशेष गीत “भनम कस्लाई खोई” सार्वजनिक भएको गीतमा शान्ती श्री परियार र सुनिता सुनारको स्वर रहेको छ भने रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ ।

यस गीतको एरेञ्ज र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा गणेश सापकोटाको छायांकन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ ।

उक्त गीतमा कविता न्यौपाने, विकाश थापा, ममता तामाङ, राज कुमार क्षत्रीको अभिनय रहेको छ । यस गीतलाई रोशन म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । पर्बतको कुश्मा १३ स्थायी निवासी शब्द श्रष्टा रोशनले यस अघि पनि साङ्गीतिक आकासमा कावा खादै आएका छन । श्रोता र दर्शकको मनमनमा बस्ने खालका सामाजिक सन्देश दिने खालका गीतहरु पस्कनु आफ्नो मुल ध्येय रहेको रोशन बताउछन । अबको पुस्तालाई संस्कृती र पुर्बिय सभ्यताको पहिचान गराउन सकिएन भने तीज जस्ता हिन्दु नारीहरुको चाड नै लोप भएर जाने खतरामा रहेको भन्दै शब्द सर्जक रोशनले चिन्ता व्यक्त गर्दै भन्छ्न ” कला सस्कृतिको रक्षामा देशब्यापी आन्दोलनको आधी बेहरी ल्याएर गलत सन्देश दिने छाडा गीतलाई हटाउन आवश्यक छ ।”बिस्ताराले पोल्यो गितमा दर्शकको गाली पाएकी शान्ति श्रीले यस गितमा भने जस पाउने देखिन्छ।

गितको भिडियो पनि निक्कै आकर्षक बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button