देश/समाजसमाचार

श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ओमकार समुह प्रथम

पोखरा । पोखराको बाटुलेचौरमा आयोजति श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐ कार भजन समुह प्रथम भएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतष्ठिानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देबिस्थान भजन समुह द्वतिीय, बाटुलेचौरको बडहरवोट आमा समुह तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्दवासिनी मावि बाटुलेचौरले सान्त्वना स्थान प्राप्त गरेको छ । काठमाडौं, लम्जुङ सहित  देशका वभिन्नि भागबाट १७ टोली प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, दित्तीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५० हजार, प्रमाणपत्र र सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रसार उपसमितिका संयोजक रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिए । सहभागी टोलीलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट टोलीलाई प्रतिष्ठानका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी , अध्यक्ष हरिबहादुर वरूवाल, मानार्थ सदस्य हरिलाल तिमिल्सिना लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको निर्णायकमा प्रा डा कुशुमाकर न्यौपाने ,डा अम्बिका प्रसाद भट्टराई , नवराज बराल, सिर्जना थापा र शिवप्रसाद पराजुली थिए  । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले धार्मिक सहिष्णुता  र एकताले समाजलाई असल बाटोमा दोहोर्याउने बताए । उनले पोखरा प्रकृतिको मात्र नभई कला, संस्कृति र परम्परामा  पनि उतिकै धनी रहेको बताए । प्रतिष्ठानका अध्यक्ष वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा वार्ष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत, पशुपतिकोटी होमका संकल्प कर्ता योगेश्वर विजय कृष्णमुर्ति महाराज, सचिव दिपेन्द्र बानिया, सदस्य सुनतिा देवकोटा, रामप्रसाद पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन अग्रज गायक प्रजापति पराजुलीले गरेका थएि ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button