देश/समाजलुम्बिनीसमाचार

नहरले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-९ कर्तनियाकी तीन वर्षीया प्रिन्सा चौधरी छन् ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो ।

बालिकाको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम अर्यालले जानकारी दिए ।

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चार किलोमिटर पश्चिमतर्फ धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button