गण्डकीदेश/समाजसमाचारस्वास्थ्य

कास्की र तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित

पोखरा । गण्डकी प्रदेशका दुई जिल्ला कास्की र तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित पदेखिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अगस्त २७ सम्ममा देशभर पाँच हजार पाँच सय ८९ जना सङ्क्रमितमध्ये तनहुँमा एक हजार ६७ जना र कास्कीका पाँच ३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् ।

साथै मुस्ताङमा हालसम्म संक्रमित देखिएका छैनन् ।

देशभर २३ अगस्टसम्म पाँच हजार एक सय १९ जनामा डेंगु सङ्क्रमण भएको थियो । त्यसपछि चार सय ७० जना थपिएर अगस्त २७ सम्ममा पाँच हजार पाँच सय ८९ जना सङ्क्रमित भएका हुन् ।

यो तथ्याङ्क माघ यताको हो । देशभर ७७ मध्ये हुम्ला र बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।

माघ महिनायता डेंगु सङ्क्रमणबाट कास्कीमा एक जनासहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button