गण्डकीदेश/समाजसमाचार

नेपाल किसान महासंघ पोखरा-५ मा गंगाराम

पोखरा । नेपाल किसान महासंघ वडा कार्यसमिति पोखरा-५ को अध्यक्षमा गंगाराम शर्मा चापागाईं चयन भएका छन् । महासंघको शनिबार सम्पन्न वडा अधिवेशनले चापागाईंलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा बद्रीमाया बराल, सचिवमा मैया भुर्तेल अधिकारी, कोषाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सहसचिवमा लक्ष्मी भन्तना छन् ।

यस्तै कार्यसमिति सदस्यमा चित्रनाथ अधिकारी, शुभद्रा कोइराला, भगवान अधिकारी र दुर्गा अधिकारी छन् ।

अध्यक्ष चापागाइँले किसानको हकहितमा र पार्टीलाई मजबुत बनाउन आफू प्रतिवद्ध रहेको बताए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै शिक्षासेवी हेरम्वप्रसाद कोइरालाले किसानका पीडा अत्यन्तै कारुणिक रहेको भन्दै यसतर्फ जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस कास्कीका सहसचिव शंकर ढुंगानाले जति बहस र छलफल गरे पनि किसानका समस्या ज्युँका त्युँ रहेको बताए ।

कांग्रेस कास्की क्षेत्र ३ (ख) का उपसभापति पार्वतीदेवी कोइराला र कांग्रेस पोखरा-५ का सभापति प्रकाश कोेइरालाले महासंघमार्फत किसानका समस्या र आवाज सरकारसमक्ष पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल किसान महासंघ कास्की अध्यक्ष पुण्डरी बराल र केन्द्रीय सदस्य लोकराज पहारीले महासंघको गठन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

पोखरा-५ का वडासदस्य गोविन्दप्रसाद पराजुलीले किसानका समस्याप्रति वडा कार्यालय सधैँ गम्भीर रहेको स्पष्ट पारे ।

महासंघ पोखरा-५ का अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी संघ गण्डकीका अध्यक्ष नवीनबाबु पौडेल, नेपाल किसान महासंघ कास्कीका उपाध्यक्ष जगन्नाथ गौतम, कृषि विज्ञ वीरेन्द्रबहादुर हमाल, नेकपा एमाले वडा कार्यसमिति सचिव लक्ष्मण बराललगायतले शुभकामना व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button