गण्डकीदेश/समाजसमाचार

टान गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् ।

टान गण्डकीको शनिबार सम्पन्न अधिवेशनले यसअघि वरिष्ठ उपाध्यक्ष रहेका आचार्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सडौला, सह-सचिवमा भूपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दीपकप्रसाद सापकोटा छन्।

यसैगरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल, माधवप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भूपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना छन् ।

कार्यक्रम उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button