कर्णालीदेश/समाजसमाचार

लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरे

जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।

तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए ।

पशुसेवा कार्यालय जुम्लाका अनुसार यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button