देश/समाजसमाचार

पोखरामा वर्षा जारी, आज गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा वर्षा भइरहेको छ । गएराति २ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ६ः४० बजेसम्म जारी छ ।

हाल कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागको बुलेटिन अनुसार गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button