गण्डकीदेश/समाजशिक्षासमाचार

सामाजिक अध्ययन मञ्चको अध्यक्षमा गोविन्द काफ्ले निर्वाचित

पोखरा । सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न १५औं साधारणसभा तथा आठौँ अधिवेशनले काफ्लेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

मञ्चको उपाध्यक्षमा नारायणी शर्मा, सचिवमा तिलक काफ्ले, कोषाध्यक्षमा वृहस्पति लम्साल र सहसचिवमा केशवप्रसाद भट्टराई छन् ।

यस्तै, कार्यसमिति सदस्यमा डीलकुमारी पौडेल, दीपक सापकोटा, हेम सुवेदी, रामप्रसाद ढकाल, बबीता सारु थापा, दयासागर पौडेल र विचित्र न्यौपाने छन् ।

संस्थाका संस्थापक कृष्णप्रसाद ढकाल संयोजक, संस्थापक सन्तोष गुरुङ र टेकनाथ पौडेल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सामाजिक अध्ययन अध्यापन गराउने शिक्षकले विद्यार्थीलाई जागरूप बनाइ यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष दिनेश अर्यालले मञ्चले सामाजिक अध्ययन बिषयमा देखिएका अन्यौलतालाई हटाई अध्यापनमा एकरुपता ल्याई शिक्षक र विद्यार्थी केन्द्रित कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए ।

सोही अवसरमा नेपाली संस्कार, संस्कृति, भाषा, साहित्य, शिक्षा तथा सामाजिक गतिविधिमा योगदान दिएबापत डा गेहेन्द्रमान उदास ’पोखरेली’ लाई सम्मान गरिएको थियो ।

साथै प्रतिवेदन लेखन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button