देश/समाजबागमतीसमाचार

नारायणगढ-मुग्लिन सडकमा दुई दुर्घटना, पाँच वटा सवारी ठोक्किए

पोखरा । नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीन जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो ।

ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइते सबैको अवस्था मध्यम छ । उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।

यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् ।

भरतपुर महानगरपालिका-२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३-००१च १७७० नम्बरको जीप र ग२च ४४३६ नम्बरको जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारी साधनमा क्षति पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button