देश/समाजबागमतीसमाचार

भैंसीलाई कुँडो खुवाउन गएकी सरस्वतीको चट्याङ लागेर मृत्यु

चितवन । चितवनमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ शिकारीपुरका ५० बर्षीया सरस्वती महतो छन् ।

गोठमा भैंसीलाई कँुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको थियो ।

गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button