देश/समाजसमाचार

करेन्ट लागेर एक मजदुरको मृत्यु

काभ्रे । काभ्रेमा आज साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका सबिन चौधरी रहेका छन् ।

काभ्रेको पनौतीस्थित निर्माणाधीन प्रहरी एकेडेमी भवनको ढलान गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा साँझ ७ बजे मृत्यु भएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । मृतक चौधरी अग्निसाइरा कृष्ण सभरनमा कार्यरत थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button