गण्डकीदेश/समाजसमाचार

तीज गीत प्रतियोगितामा वातावरण आमा समूह आर्वा प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ को वडा कार्यालयद्वारा आयोजित दोस्रो खुला तीज गीत प्रतियोगितामा वातावरण आमा समूह छापाकोचौतारा आर्वा प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी अन्य ४१ टिमलाई पछि पार्दै वातावरणले उपाधि जितेको हो । यो समूहले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगितामा महिला तथा बाल कल्याण कुञ्ज सिग्देल मार्ग कुँडहर दोस्रो, कमला जैसी समूह हेमजा तृतीय तथा बाँझापाटन मिलन मार्ग आमा समूह र आर्वाली दिदिबहिनी समूह आर्वाले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा उत्कृष्ट भेषभूषातर्फ जागरण आमा समूह मोहरपानी आर्वाले र उत्कृष्ट नृत्यतर्फ काहुँखोला टोल विकास संस्थाका एकमाया पौडेल समूह विजयी भयो ।

दोस्रोले २० हजार, तेस्रोले १० हजार, सान्त्वना स्थाा हासिल गर्नेले पाँच, पाँच हजार, उत्कृष्ट भेषभूषा तथा उत्कृष्ट नृत्य गर्नेले तीन, तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगिताको निर्णायमा अमर धिताल, केशब देवकोटा र सरस्वती परियार थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै वरिष्ठ चलचित्र अभिनेत्री गौरी मल्लले तीजलाई भड्किलो नबनाउन आग्रह गरिन् । उनले दरखाने दिनमा मात्र दरखाने चलन ल्याउनु पर्ने भन्दै परम्परा मौलिकतालाई धान्दै तीज मनाउन आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, वडा नं १३ का वडाध्यक्ष किरण बराल, वडासदस्य सूचीत तामाङ, रजनी परियार, वडासचिव अञ्जु गुरुङ, रामकुमारी पौडेल, अस्मिता बराललगायतले बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button