अर्थ व्यापारगण्डकीदेश/समाजसमाचार

पोखरास्थित कलश सहकारीको १३औँ साधारणसभा

पोखरा । पोखराको न्यूरोडस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १३औँ साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-२४ का वडासदस्य कृष्ण सुवेदीले केही सहकारीमा आएका समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठ्यारो परेको बताए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए ।

संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानोसानो भए पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न आग्रह गरे ।

उनले सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनीय ढंगले अघि बढाउँदै सेयर सदस्यको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज सुवेदी, दुर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मधु सुबेदी, सम्मानित शेयर सदस्य राजेन्द्र इटानीलगायतले बोलेका थिए ।

साधारणसभामा अध्यक्ष अधिकारी, सचिव रुपकराज मिश्र, कोषाध्यक्ष एकराज गिरी, लेखा सुपरीवेक्षण समिति संयोजक विजेन्द्र शर्मापौडेललगायतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक मधु सुवेदीले स्वागत, सदस्य गीता पराजुलीले सिद्धान्त वाचन, स्वागत नृत्य संस्कृति अधिकारी र कार्यक्रम सञ्चालन पत्रकार सञ्जय मल्लले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button