गण्डकीदेश/समाजसमाचार

३५ किलो तौल र १३ फिट लम्बाइ भएको अजिङ्गर भेटियाे

कञ्चनपुर । कञ्चनपुरमा ३५ किलोको अजिङ्गर भेटिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीमा ३५ किलो तौल र १३ फिट  लम्बाइ भएको  ब्रुमाइज पाइथान (अजिङ्गर) भेटिएको हो ।

उक्त अजिङ्गरको उद्धार गरिएको छ । अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिए ।

अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताए ।

वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरीसृपको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button