गण्डकीदेश/समाजमनोरञ्जनसमाचार

पोखराको पुरानोधारा चोकमा १२औँ खुला तीज गीत प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ पुरानोधारा चोकमा १२औँ खुला तीज गीत प्रतियोगिता हुने भएको छ । हरितालिका तीज पर्वको अवसर पारेर आदर्श समाज (सामाजिक संस्था) ले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता ‘मौलिक पर्व तथा संस्कृतिको जगेर्ना गरौँ, विकृति विसंगतिरहित तीज पर्व मनाऔँ’ भन्ने मूल नाराका साथ भदौ २१ गते हुनेछ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रचार संयोजक एवं संस्थाका पूर्वअध्यक्ष वसन्तराज कोइरालाले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत यतिबेला टिम दर्ता गर्ने काम भइरहेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै सान्त्वना, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य प्रस्तुत गर्नेले जनही पाँच हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, पदमराज ढकाल, जीवन दाहाल, तारापति सुवेदी, नेत्रपाणि बास्तोला, सरला पाण्डे, कमला सुनारले प्रस्तुति दिनेछन् । हास्यकलाकार युवराज भण्डारीले थप मनोरञ्जन दिने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button