पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २४औँ साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुने भएको छ ।
आगामी असोज ११ र १२ गते साधारणसभा तथा विधान अधिवेशन हुने भएको हो ।
कार्यक्रमका लागि तयारी तीव्र बनाइएको छ । कार्यक्रमका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश सहआयोजक र कास्की शाखाले व्यवस्थापनको जिम्मेवारी पाएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले साधारणसभा र विधान अधिवेशन प्रतिष्ठान र नेपाली लोक सङ्गीतको विकासका निम्ति अर्थपूर्ण बन्ने विश्वास लिएकी छन् ।
उनले भनिन्, साधारणसभाका लागि पोखराबासीलगायत स्वदेश तथा विदेशमा रहने लोक तथा दोहोरी सङ्गीत प्रेमी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीको साथ, सहयोग, सल्लाह, सुझाव एवं शुभेच्छा प्राप्त हुनेछ ।’