देश/समाजसमाचार

मध्य-पहाडी राजमार्गमा जीप दुर्घटना, आठ घाइते

अछाम । अछामको साँफेबगर नगरपालिका-८ मटेनास्थित मध्य-पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

जीपमा नवदुर्गा गाउँपालिका-४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् ।

घाइते हुनेमा चौरपाटी गाउँपालिका-१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका-४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button