खेलकुददेश/समाजसमाचार

नेपाल-क्यानडाबीचको दोस्रो खेल आज

पाेखरा। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा छ । पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो ।

क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरुद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर पनि नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन ।

पहिलो खेलमा लिग टुमा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकि छ खेलमा नेपालले मात्र एक खेल जितेर दुइ अङ्क मात्र बनाएको छ ।

नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरुरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button