देश/समाजविश्वसमाचार

श्रीलङ्काको राष्ट्रपति दिसानायकाले आज शपथ लिँदै

पाेखरा। श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

उनी दोस्रो चरणको मतगणनापछि श्रीलङ्काको नवौँ राष्ट्रपति भएका हुन्।

दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा शपथ लिने निर्वाचन आयोगका अधिकारीले बताएका छन् ।

पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहे।

सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीति लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशत मात्र मत पाए ।

विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गरेका छैनन् तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी भएको स्पष्ट भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button