गण्डकीदेश/समाजमुख्य खबरसमाचार

वडाध्यक्षको कार्यकक्षमा कस्ले छोड्यो दुई लाख रुपैयाँसहितको झोला ?

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ को वडा कार्यालयमा नगद दुई लाख रुपैयाँसहितको झोला भेटिएको छ ।

वडासचिव अञ्जु गुरुङको कार्यकक्षको सोफामा अपरिचित व्यक्तिले उक्त झोला छोडेर गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आइतबार साँझ करिब ५ बजेतिर सोफामा खैरो रंगको पछाडि भिर्ने झोला भेटिएपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

वडाको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले वडा सदस्यको रोहबरमा झोला खोलेर हेर्दा दुई लाख रुपैयाँ नगद रहेको पाइएको थियो ।

साथै झोलामा मोटरसाइकलको चाबी, हाफ पाइन्ट, टिर्सट र क्यामेरासमेत रहेको प्रहरीले जनाएको छ ।

नगदसहित सबै सामान वडा प्रहरी कार्यालयमा राखिएको र सम्बन्धित व्यक्तिलाई प्रमाणसहित लिन आउन आग्रह गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button