गण्डकीदेश/समाजमुख्य खबरसमाचार

सराङकोटका होटल सञ्चालक श्रेष्ठसहित तीन जना लागूऔषधसहित पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । गत शनिबार दिउँसो सराङकोटबाट दुई जना र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ नयाँपुलबाट एक जनालाई पक्राउ गरेको हो ।

सराङकोटबाट पक्राउ पर्नेमा स्थानीय होटल सञ्चालक ३५ वर्षीय मनिष श्रेष्ठ र म्याग्दी मालिका गाउँपालिका वडा नं. २ का २३ वर्षीय अजय पुन रहेका छन् । यस्तै नयाँपुलबाट कुश्मा नगरपालिका वडा नं. २ अर्मादीका २२ वर्षीय बिशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

होटल सञ्चालक श्रेष्ठले लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) दुई केजी सात सय २५ ग्राम बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

यस्तै राईको साथबाट लागूऔषध ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजी अपिडोल नामक एक सय चक्की, सोही नामको लागूऔषध एक सय १० चक्की गरी दुई सय १० चक्की लागूऔषध बरामद भएको छ ।

पक्राउ परेका तीनै जनाबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिन म्याद लिएर अनुसन्धान गरिरहेको डीएसपी शर्माले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button