देश/समाजसमाचार

पावरहाउस नजिकै खोलामा नुहाउने क्रममा डुबेर विशालकुमारको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ ।

सोमबार साँझ ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ पावर हाउस नजिकै तिनाउ खोलामा नुहाउने क्रममा डुबेर २६ वर्षीय विशालकुमार जातबको मृत्यु भएको हो ।

भारतको उत्तर प्रदेश आग्राबाट भ्रमणमा आएका जातब नुहाउन भनेर तिनाउ नदीमा पसेका थिए ।

त्यसक्रममा बेपत्ता भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी चौकी दोभानको टोलीले खोजतलास गर्दा उनलाई इलाका प्रहरी कार्यालय बुटवलको रूपन्देहीको क्षेत्रमा पर्ने स्थानमा मृत भेटिएको पाल्पा प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button