खेलकुदसमाचार

नेपाल र ओमानबीचको खेल रद्द

पोखरा । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

खेल नेपाली समयअनुसार म‌गलबार राति ८ः ४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो ।

तर क्यानडामा बिहानैदेखि वर्षा हुँदा खेल हुन सकेन ।

वर्षाको कारण खेल रद्द भएपछि दुबै टोलीले एक-एक अंक बाँडेका छन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन, दोस्रो खेलमा ओमानसँग एक विकेट र तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

अब नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी-२० सिरिज हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button