गण्डकीदेश/समाजमुख्य खबरसमाचार

पोखरामा आज सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला

पोखरा । पर्यटनको राजधानी पोखरामा आज सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुने भएको छ ।विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीको भेला हुन लागेको हो ।

गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङका अनुसार सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझ पोखरा आइपुगिसकेका छन् ।

उनका अनुसार आज बिहान नेपाल सरकारका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटनमन्त्री सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ ।

दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवं पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए ।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button