देश/समाजसमाचारसुदूरपश्चिम

चट्याङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीकाअनुसार बुधबार दिउँसो चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका-६ भट्टीनालाका ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका उनको चट्याङ लागेर घाइते भएपछि दोधारा चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सँगै यात्रा गरिरहेका जगत सुनारको उपचार भइरहेको छ ।

यसैगरि लालझाडी गाउपालिका-१ नौरंगामा खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेर २८ वर्षीय हिरामती रानाको मृत्यु भएको छ ।

उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी जोशीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button