अर्थ व्यापारसमाचार

नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि

पोखरा । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।

अघिल्लो दिन रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ ।

कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ ।

आज बैङ्किङ १दशमलव८, विकास बैङ्क २दशमलव७५, फाइनान्स ३दशमलव८०, होटल तथा पर्यटन ३दशमलव५०, हाइड्रोपावर २दशमलव६०, लगानी १दशमलव५६, जीवन बीमा १दशमलव९१, उत्पादन १दशमलव४४, माइक्रोफाइनानस १दशमलव४९, निर्जीवन बीमा १दशमलव६७, अन्य १दशमलव७५ र व्यापार समूह १दशमलव७८ प्रतिशत बढेका छन् ।

विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button