देश/समाजसमाचार

छन्दनायक वियाेगी काठमाण्डाैमा पुरस्कृत

पाेखरा। छन्दनायक माधव वियाेगी  काठमाण्डाैमा पुरस्कृत भएका छन् ।

शनिबार मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानकाे लेखनाथ कक्षमा भएकाे एक विशेष समाराेहमा वियाेगी सम्मानित भएका हुन् । छन्द बचाऊँ अभियान -२०५३ र महाकाव्यलेखन अभियान-२०६० काे संचालनद्वारा छन्द र महाकाव्यकाे उन्नयनमा विशिष्ट याेगदान दिएवापत उनलाई  सूर्यबहादुर केसी स्मृति नेपाली साहित्य उन्नयन पुरस्कार द्वारा पुरस्कृत गरिएकाे हाे ।

साे समाराेहमा बाेल्दै प्रमुख अतिथि महाकवि भूवनहरि सिग्देलले भाषा साहित्यकाे विकासमा तत्पर रहेका स्रष्टाकाे सम्मान गरेर मुक्तिनाथ दर्शन साहित्य समाजले उल्लेख्य काम गरेकाे बताउँदै यस्ता संस्थाहरूले नै राष्ट्रहित हुने विश्वास व्यक्त गरे ।

हरिभक्त सिग्देल लगायत  आधा दर्जनभन्दा बढी व्यक्तित्वद्वारा शुभकामना व्यक्त भएकाे साे समाराेहमा पुरस्कृत व्यक्तित्व छन्दनायक वियाेगीले काव्यसंस्कृतिका रूपमा रहेकाे छन्दलाई बचाउन र थप कृतिकाे सिर्जनाका लागि आफूलाई उत्साह प्रप्त भएकाे जनाए ।

समाराेहमा नरनाथ लुइँटेल,विवश पाेखरेल,विदुर अधिकारी, केशवराज आमाेदी,सिर्जना खनाल लगायत पनि सम्मानित भएका थिए ।

भैरवी भूगाेलद्वारा संचालित साे कार्यक्रमकाे अध्यक्षता समाजका अध्यक्ष कलानिधि दाहालले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button