देश/समाजमुख्य खबरसमाचार

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।

कास्की प्रहरीका अनुसार पोखरा -६ स्थित लेकसाइडमा गएराति करीव एक बजे भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका सोहि उमेरका सुजल अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका  उनीहरुलाई उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर अविनाश दीप जिसीले जानकारी दिए । जिसीका अनुसार रानाभाटको २:१४ बजे र अधिकारीको २:१८ बजे निधन भएको हो ।

लेकसाइडको स्ट्रीट ३ बाट शहीदचोकतर्फ जाने क्रममा उनीहरु सवार ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाई सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटना भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button