गण्डकीसमाचार

प्रधानमन्त्री ओली पार्टीको साधारण सदस्यबाट समेत निष्कासित

गण्डकी खबर । नेकपा प्रचण्ड-नेपाल समूहद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

संचारमाध्यमलाई जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने – ‘आज बसेको पार्टीको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, देश र जनताविरुद्ध गतिविधि गरेको र स्पष्टिकरण सोध्दा पनि स्पष्टिकरण नदिएकोले पार्टी सदस्यताबाट हटाउने निर्णय गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button