गण्डकीसमाचार

 पोखराको बगरमा एक पुरुष मृत फेला

गण्डकी खबर। पोखराको बगरमा शुक्रबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा-१ बगर स्थित माछापुच्छ्रे बैंक नजिकै सडकमा अन्दाजी ६० वर्षीय नाम थर नखुलेको मगर भनि बोलाउने पोखरा-१३ काँहुखोला घर बताउने पुरुष व्यक्ति मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका  प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।

सडकमा मागेर खाने ती व्यक्तिलाई स्थानीयले अचेत र मुखबाट रगत वगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

अचेत अवस्थामा उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८.४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोखरा न्यूज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button