Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»रङ्गशाला बनाउन ठेला पसलमा बदाम , पानी, मःम …बिक्री शुरु

    रङ्गशाला बनाउन ठेला पसलमा बदाम , पानी, मःम …बिक्री शुरु

    गण्डकी खबरगण्डकी खबर३ पुष २०७६, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    चितवन-३, पुष । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ ।

    रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु बिक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु बिक्री गरिने उहाँले जानकारी दिनुभयो ।

    गत आइतबारबाट ठेला पसल सञ्चालनमा ल्याइएको हो । सोमबार रु तीन हजार ३०० बचत भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न शुरु गरेका छन् । रङ्गशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ । एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रङ्गशालाको अवलोकन गरेका छन् ।

    पछिल्लो समय विद्यार्थी, सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शाङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

    निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुन सकेको छैन । रु आठ करोडको हाराहारीमा बोलकबुल भएकोमा रु एक करोड मात्र सङ्कलन भएको छ । हालसम्म विभिन्न क्षेत्रबाट बोलकबोलबाहेक रु तीन करोड सङ्कलन भएको उहाँले बताउनुभयो । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने फाउण्डेशनले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.