Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पोखरामा धाराको खानेपानी चोरी गर्ने उपभोक्तालाई कारवाही गरिने

    पोखरामा धाराको खानेपानी चोरी गर्ने उपभोक्तालाई कारवाही गरिने

    गण्डकी खबरगण्डकी खबर२६ मंसिर २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर। पोखराका केही उपभोक्ताले पानीको धारामा जडान गरेको मिटर झिकेर पानी चोरी गर्ने गरेको पाइएपछि खानेपानी संस्थानले त्यस्ता उपभोक्तालाई कारवाही अगाडि वढाउने भएको छ ।

    खानेपानी संस्थानले जडान गरेको मिटर झिकेर विद्युतीय पम्पको माध्यमबाट चोरी गर्नेको संख्या बढेको संस्थानले दावी गरेको छ । मंगलबार पोखरा १७ माथिल्लो बेलघारीमा संस्थानको अनुगमन टोलीले ५ उपभोक्ताको घरबाट पम्प जफत गरेको संस्थानका कर्मचारी लक्ष्मण पाण्डेले बताउनुभयो ।

    पोखरा–१७ का केही उपभोक्ता छिमेकीले पम्प लगाइदिएपछि आफ्नो धारामा पानी नझरेपछि गुनासो लिएर संस्थानमा पुगेपछि मात्र संस्थानले अनुगमन थालेको हो । खानेपानी संस्थानले पोखरालाई प्रर्याप्त मात्रामा पुग्ने पानी मर्दीखोलाबाट २० इन्चको पाइपलाईनमा ल्याएर पोखराको बिन्ध्यवासिनी स्थित मूल टंकीमा खसालेको भएपनि नगर क्षेत्रमा पाइपलाई विस्तार नहुँदा पानी नालीमा बगाउनुपर्ने अवस्था छ ।

    जडान गरेको मिटर फालिदिने र पानीको न्यूनतम शुल्क तिर्ने उपभोक्ता पोखरामा वर्षेनी बढेको खानेपानी संस्थानको जनाएको छ । खानेपानीको मिटर झिकेर मोटरको माध्यमबाट पानी तान्नु अपराध भएपनि उपभोक्ता सजग नहुँदा समस्या परेको कार्यालय प्रमुख इन्जिनियर आशिष कार्की बताउँनुहुन्छ । कानुन विपरीत काम नगर्न उपभोक्तालाई आग्रह गरेका छौ, अव अनुगमन टोली खटाएर पानी चोरीगर्नेलाई नियन्त्रणमा लिने कार्की बताउनुहुन्छ । पोखरामा वितरीत ४५ हजार धारा वितरण गरेका छौ, पानी चोरीको प्रकृति हेरी संस्थानले कारवाही अगाडि वढाउँछ, प्रमुख कार्कीले भन्नुभयो ।

    चुहावट नियन्त्रण गर्न गठित अनुगमन टोलीले पोखरा–१७ को छोरेपाटन, बेलघारी, बिरौटा, हिमाली टोल, चाउथे र विन्ध्यवासिनी क्षेत्र अन्तर्गत सिम्पानी, अधिकारी टोल, हमाली टोल, नदीपुर लगायत क्षेत्रमा नियमित अनुगमन गरिने कार्यालयले जनाएको छ । संस्थानले पोखराको विभिन्न क्षेत्रमा अनुगमनलाई तिव्रता दिई उपभोक्ता हितमा लाग्ने योजना बनाएको कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।

    उपभोक्ताको गुनासोलाई ध्यान दिँदै नेपाल खानेपानी संस्थान पोखरा शाखाले कार्यालय समय अतिरिक्तसमेत अनुगमन गर्ने जनाएको छ । यता उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्ने जापानिज सहयोग संस्था जाइकाले शुरु गरेको मर्दी मुहान ट्रिटमेन्ट प्लन्ट अन्तर्गत ३० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराको चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग मध्यराति १२ बजेबाट सुचारु

    पृथ्वी राजमार्गको म्याग्देमा पहिरो, यातायात आवागमन अवरुद्ध

    यातायात व्यवस्था कार्यालय कास्कीमा अब अनलाइन दस्तुर तिर्न सकिने

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.