Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»मनोरञ्जन»स्कूलको झोला कोदोबारीमा लुकाएर फिल्म हेरिन्थ्यो : गिरी

    स्कूलको झोला कोदोबारीमा लुकाएर फिल्म हेरिन्थ्यो : गिरी

    गण्डकी खबरगण्डकी खबर१ पुष २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।    रंगमञ्चबाट उदाएका कलाकार नवराज गिरी । गिरीले २०६१ सालमा ‘थाङ्ला’ नाटकमा अभिनय गर्नुभयो ।

    सोही नाटक पश्चात उहाँलाई धेरैले चिने । उहाँले ‘थाङ्ला’ मा अभिनय गर्नुभन्दा पहिला नै ५, ६ वटा सडक नाटकमा अभिनय गरिसक्नुभएको थियो । हुनत उहाँको अभिनयको ‘टर्निङ पोइन्ट’ टेलिचलचित्र ‘दलन’मा अभिनय गरेपछि भएको हो । दलनमा बाबुसाहेबको भूमिकामा अभिनय गरेपछि उहाँ धेरै माझ चिनिनु भएको थियो ।

    सोही समयमा जापान हानीने निर्णयमा पुगेपछि अफर आउँदा आउँदै अन्य चलचित्र र टेलिचलचित्रमा काम गर्न उहाँले सक्नुभएन । ११ वर्ष जापान बसेर नेपाल फर्कनुभएको गिरी अहिले कलाकारिता क्षेत्रमा पुनः सक्रिय हुनुभएको छ । जन्मठाउँ पोखरामा नै बसेर रंगमञ्च, नेपाली फिल्म, टेलिफिल्म, छोटा फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै उहाँ सक्रिय बन्नुभएको छ । उहाँसँग यसपाली नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित केही प्रश्न गरेका छौँ ।

    कोरोना कहरको समयमा हल बाहेकका माध्यमबाट फिल्म हेर्नु भएको छ कि छैन ?

    किन नहेर्नु हेरे । युट्युबमा रिलिज भएका फिल्म सबै हेरेको छुँ । किनकी म फिल्म प्रेमी हुँ । हुनत यो समयमा केही छोटा फिल्म, केही भिडियो र केही सिरियलमा काम गरे । ‘सेडुयल विजी’ नै थियो । यती हुँदाहुँदै पनि फिल्म भने हेरे ।

    हलमा र घरमा फिल्म हेर्दाको अनुभव नि ?

    हलमानै रमाइलो हुन्छ । मैले कक्षा ४ पढ्दाबाट फिल्म हेर्न थालेको हुँ । पोखराको दीपज्योति हल र पूर्णिमा हल मलाई मनपर्ने हल थिए । घर नजिक भएर समेत होला । त्यतिबेला प्रर्दशन हुने कुनै फिल्म छुटेन होला जस्तो लाग्छ । नेपाली र हिन्दी दुबै फिल्म हेर्थे ।

    त्यसरी फिल्म हेर्दाका केही रमाइला अनुभव ?

    स्कूलको झोला कोदाबारीमा लुकाएर फिल्म हेरिन्थ्यो । स्कूल छुट्ने बेलामा त्यहीँ झोला बोकेर घर आएको छु । धेरै पटक यस्तो भयो । फिल्म हेर्न ममीको पैसा पनि चोरेको छु। फिल्म रिलिज हुने दिन कहिले आउँला भनेर कुरेर बसिन्थ्यो ।

    हलमा हेरेको पहिलो अनि अन्तिम नेपाली फिल्म कुन हो ?

    मैले हलमा हेरेको पहिलो नेपाली फिल्म ‘बाँसुरी’ हो दीपज्योति हलमा हेरेको । फुपुसँग नेपाली फिल्म ‘सन्तान’ हेरको याद अझै ताजै छ । हिन्दी फिल्म ‘कयामत से कयामत तक’ ७ पटकसम्म दीपज्योति हलमा हेरेको थिए । हलमा हेरको अन्तिम नेपाली फिल्म ‘आमा’ हो । जुन लकडाउन हुनुभन्दा अगाडि हेरेको थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    आज यूएईविरुद्ध खेल्दै नेपाल

    भोली देखी सिनेमा हल खुल्ने

    ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी

    नम्रता श्रेष्ठको कथामा ‘वरदान’

    सागरको गहिराइमा निराजन र एलिसाको जोडी

    दुई दशकपछि जयनन्द लामाको नयाँ लोकगीत ‘महाभार लेकको जंगलमा’

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.